राजविराज, १ मंसिर । जसपा अध्यक्ष तथा सप्तरी २ प्रतिनिधि सभा सदस्य उम्मेदवार उपेन्द्र यादबले सप्तरीको विकास लागि शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारहरूको विकास आवश्यक रहेको बताउँदै उनले ती कार्यहरू सुरु भइसकेको र आगामी दिनमा पूरा गरेर छाड्ने प्रतिबद्धता जनाए ।
उनले भने कृषिमा चकलाबन्दी गरि कृषि प्रणाली अपनाएर कृषि उत्पादन बढाएर मधेशको गरिबी र बेरोजगारीको अन्त गरेर कृषिको आमूल परिवर्तनको हुने दाबी गरे ।
सबैको लागि समान शिक्षा दिई सबै भन्दा पहिला शिक्षित युवालाई भक्ताको ब्यवस्था सँगै रोजगारीको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाए। सप्तरीमा विकासको लहर चलेको छ, अगाडि बढेको छ, सप्तरीको रूप रंग बदलिने बताए ।
विगत ३० वर्षमा नभएको अब सुरू भयो र लहर सुरू भयो, सबैको साथ सहयोगले सप्तरीको विकास लहर चलेको बताए । सप्तरीको कायापलट गर्न अधिकार प्राप्तिको संघर्षको लागि यस अभियानलाई पूरा गर्न तपाईंको हातमा छ, बिकसित जिल्ला बनाउन आधार बनिसकेको छ, राजनिति निति र बिचारले अगाडि बढछ ।
जसपा पार्टी प्रवक्ता मनिष सुमनले परिवर्तन कारी शक्ति जसले मधेशी, जनजाति, आदिवासी, दलित, मुस्लिम सहित उत्पीडित बर्गको अधिकार र विकासका लागि जसपालाई जिताउनु पर्ने बताए ।
जसपा नेता मधेश प्रदेश सरकारअर्थ मन्त्री शैलेन्द्र साहले मधेश बिद्रोह पछि सबै वर्गको अधिकारका सुनिश्चताका लागि जसपालाई भोटदिनुपर्ने बताए । उनले भने प्राप्त उपलब्धीलाई संस्थागत गर्न छाता छापमा भोट दिनु आबश्यक रहेको बताए।
उनले भने २५ बर्षमा नभएको काम सप्तरीमा भएको बताउदै अधुरा काम र अधिकार पूरा गर्न जसपा मात्र बिकल्प रहेको बताए । नेकपा एमाले दिवाकर देवकोटाले नेकपा एमालेले हुलाकी सडक, समाजिक सुरक्षा भक्ता, जेष्ठ नागरिकको भक्ताको सुरूवात गरेको बताए ।
नेता यादवले पहिला छाता निर्वाचन चिन्ह लोकतान्त्रिक समाजवादी पार्टीकै रहेकोमा अहिले मधेशीको भावना विपरित अल्गिएर गएका कारण उनीहरुको आगामी निर्वाचनमा ३ प्रतिशत पनि मत नपुग्ने दावी गरे ।
राष्टिय सभा सदस्य प्रमिला यादबले मधेश जनबिद्रोह पछि संघिय लोकतन्त्र स्थापन गर्न तथा समुनपातिक प्रणाली, बाकी अधिकार पूरा गर्न, राजनितिक अधिकार र रूपान्तरण गर्न जसपा रहेको बताईन ।
पुर्व मन्त्री मृगेन्द्र कुमार सिँह यादबले संघियता, समाबेशी, समाबेशी, रक्षा
नक्टकिया, ब्यापारीहरूवाट सचेत भएर भोट हाल्नु होला ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |