राजविराज, १० मंसिर । सप्तरीको रुपनी गाउँपालिका २ लौवापार बस्ने एक महिला झुण्डिएको अवस्थामा फेला परेकी छिन् । २० वर्षीया मन्जुला सदा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
शुक्रवार बेलुकी आफ्नै काका ससुराको घरमा झुण्डिएको अवस्थामा सदाको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमका लागि धरान पठाइएको छ भने मृतक सदाको सासूसहित चार जनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनामा संलग्न भनिएका मृतकका ससुरा रामकण्ठ सदा भने फरार रहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |