राजबिराज, ११ मंसिर । नवनिर्वाचित मधेश प्रदेश सभा सदस्य सतिश कुमार सिँहले किसानहरूले खाद्य संस्थान वाट सहुलियत दरमा मल खाद्य पाउनुपर्नेमा जोड दिएका छन् ।
आइतबार राजबिराज स्थित खाद्य संस्थानको अनुगमनको क्रममा बोल्दै सिँहले भने समयमै किसानहरूले सहुलियत दरमा मलखाद पाउनुपर्ने बताए ।
उनले जिल्लामा १० मेट्रिक टन मल खाद्यको आवश्यकता छ, तर यहाँ २ देखि ३ मेट्रिक टन मल खाद्य मात्र आउछ , त्यसमा पनि कालोबजारी कारण किसानले सहुलियत दरमा मल खाद्य पाउन सकेको छैन, अहिले किसानहरूले धान काटेर भित्राउने काम पछि गेहु बीउ छर्किने समय आएकोले मल खाद्य सहुलियत दरमा नपाउँदा उनीहरू दोबर मूल्यमा किन्न बाध्य रहेको सिँहको कथन छ ।
खाद्य संस्थानले पालिकाको सिफारिसमा सहकारी संस्थाहरू मार्फत पठाउने खाद्य किसानहरूले पाउन सकेको छैन, त्यसमा पनि सहकारीहरूले कालोबजारी गरी महँगो शुल्क लिएर बेच्ने गरेको आरोप लगाए ।
तिलाठी कोइलाडी गाउपालिका भूतपूर्व अध्यक्ष रहेका प्रदेश सभा सदस्य सिँहले खाद्य संस्थानमा आएका मल खाद्य पालिकाको सिफारिसमा सहकारीहरूले सहुलियत दरमा किसानलाई उपलब्ध गराउन राजबिराज संस्थान प्रमुखलाई आग्रह गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |