राजबिराज, ११ मंसिर । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व सचिव अर्जुन प्रसाद साहका पिता भिखारीप्रसाद साहको आइतबार ९० वर्षको उमेरमा निधन भएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा जारी शोक विज्ञप्तिमा शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।
साथै निधन भएका साहको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति समवेदना व्यक्त गरिएको छ ।
यसैगरी समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिल पोखरेलद्वारा जारी शोक विज्ञप्तिमा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै निधन भएका साहको आत्माको चिरशान्तिको कामना गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |