राजविराज, १३ मंसिर । राजविराजका अधिकांश औषधि व्यवसायीहरू पसल बन्द गरेका छन् ।
मंगलबार राजबिराजमा औषधि व्यवस्था विभाग अन्तर्गत विराटनगर शाखा कार्यलयबाट खटिएको टोलीले औषधि पसलमा छड्के अनुगमन गर्न आएका पछि पसलहरू भागाभाग भएका थिए ।
पसल बन्द भएपछि प्रभावकारी अनुगमन गर्न नसकिएको विराटनगर शाखाका फार्मेसी अधिकृत टेकेन्द्र मिश्रले बताए ।
‘दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औषधीहरू, नेपालमा दर्ता नभइ राखिएका औषधीहरू, टेम्परेचर नमिलाइ राखिएका भ्याक्सिनहरू, औषधिको गुणस्तर जाँचका लागि हामी अनुगमन गर्न आएका थिए ।
अधिकांश पसलहरू बन्द रहेको पाइयो, यो हाम्रो लागि चुनौती पनि हो र उद्देश्य पनि पूरा भएन ।’ अनुगमन गरिएका पसलहरूमा पनि औषधि पसलमा राखेर बिक्री गर्न नहुने खालका केही सामग्रीहरू जफत गरिएको उनले बताए ।
‘अन्य चैं लागु औषधका रेकर्ड हरु नमिलाइ राखिएको, कत्तै–कत्तै रेकर्ड नै नराखिएको जस्ता कुरा देखियो ।’, उनले भने ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |