राजविराज, १३ मंसिर । राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत प्रविणले लैंगिक हिंसालाई न्युनिकरण गर्नका लागी घर बाटै सुरु गर्नुपर्नेमा जोड दिइनँ ।
मंगलबार सभ्य समाजको पहिचान, लैंगिक हिंसा बिरूद्वको अभियान अन्तर्गत ५ औ दिने कार्यक्रम अनुसार राजबिराजको गजेन्द्र चौक परिसरमा मैनबती प्रज्वलन गरिएको छ।
उनले भने जिल्लामा लैंगिक हिंसा, घरेलु हिंसा, महिला हिंसा लगायत सबै हिंसालाई न्यूनिकरण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिइनँ।
जव सम्म लैंगिक हिंसा घरबाट हटदैन, तब सम्म हिंसालाई न्यूनिकरण गर्न सकिँदैन, त्यसैले हिंसालाई न्यूनिकरण गर्न नगरपालिका र सबै संघसंस्था हरू मिलेर अन्त गर्न सकिने बताइनँ ।
एकल महिला समुहका अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रम इन्सेक प्रतिनिधि मनोहर पोखरेलले महिला हिंसा, बालविवाह, अपहरण, घरेलु हिंसा, कुटपिट अहिले पनि समाजमा जीवित छ, यसलाई सबैको सार्थक र ठोस पहल गरी एकीकृत भई न्यूनिकरण गर्नुपर्नेमा जोड दिए।
यसैगरी ओसिएमसी का प्रमुख मनिषा सिम्खडाले हिंसा हुने कुरा समाजमा अहिले पीडितहरूले आवाज उठाउन सकेको छैन, समाजको डर कारण बोल्न सकेको छैन, यसलाई गाउँगाउँमा चेतनामूलक कार्यक्रम गरेमा हिंसालाई न्यूनिकरण गर्न सकिने बताइनँ ।
त्यस्तै सञ्चारकर्मी सुधा देवले सप्तरीमा लैंगिक हिंसाको भयावह अवस्थामा छ,
सबै सरोकारवाला निकायले संवेदनशिल भई पीडितलाई न्याय दिलाउन पहल गर्दैन, तब सम्म न्यूनिकरण गर्न सकिँदैन, उनले भने महिलाको हिंसा बिरूद्व को अभियानलाई निरन्तर गरे मात्र न्यूनिकरण गर्न सकिने बताइनँ ।
अधिकारकर्मी अनिता देवकोटाले लैंगिक हिंसाको घटनालाई न्यूनिकरण गर्न १६ दिने अभियानले पीडितहरू न्याय पाउन आउने गरेको बताइनँ, यस अभियानलाई बर्से भरी नै गर्न लक्ष्य रहेकोले सबैको सहयोग र पहलले हिंसा मुक्त समाज बनाउन सकिने बताइनँ ।
अभियानमा राजबिराज नगरपालिका, सामुदायिक प्रहरी सेवा केन्द्र, नागरिक समाज, जिल्ला प्रहरी कार्यालय अन्य समाजिक सङ्घसंस्थाहरूको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |