राजबिराज, १५ मंसिर । रुपनी गाउपालिका वडा ५ बसबिटी विपन्न समुदायका खंगले उपचार खर्च नहुदा समस्यामा परेको छ ।
९ दिन देखि गजेन्द्र नारायण सिँह अस्पताल राजविराजमा उपचारका लागी भर्ना भएका १५ वर्षका पारस खंगको घाउको अपरेशन गर्न खर्च नहुदाँ समस्यामा परेको हो ।
डाइबेटिज रोगी समेत रहेका पारसको पेटमा गम्भीर घाउ (पिलो) भएकोले यहाँ अपरेशन गर्न नसकिने भएकोले धरान पठाउनुपर्ने डाक्टर कालीप्रसाद यादबले जानकारी दिए । यता अपरेशन खर्च र धरान अस्पताल जाने पैसा नहुदाँ उनी अस्पताल मै अलपत्र रहेको छ ।
मेरो आर्थिक अबस्था निकै कमजोर भएको र आमा र बुवा कोई नभएको अवस्थामा उपचार गर्न समस्या भएकोले उपचार खर्चमा सहयोग गर्दिनका लागि सबै सँग आग्रह गर्दछु, खंगका बहिनी तारा खंगले बताइनँ।
पारसका बुवा जगरूप खंगको १२ बर्ष अगाडि नै मृत्यु भएको छ, भने आमाको गत वर्ष मृत्यु भएको बताईएको छ । यता रुपनी गाउपालिका ५ का अध्यक्ष गंगाराम यादबले उनको उपचारका लागि विपन्न वर्गको सिफारिस र तत्काल चार हजार सहयोग गरेको छ र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यता पारसका उपचारका लागि के ६ खबरका संचारकर्मि बिक्की सिँहले १५ सय रूपैया जुटाएको बताए । थप खर्चका लागि सबै समाजिक संघसंस्था सँग आग्रह गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |