राजबिराज, १५ मंसिर । जनमत पार्टी मधेश प्रदेशको सरकार निर्माणमा निर्णायक भूमिका देखिएपछि पार्टीले मुख्यमन्त्री पदमा दाबेदारी गरेको छ ।
मधेस प्रदेशसभामा जनमतले मुख्यमन्त्री पदको दाबेदारी प्रस्तुत गर्ने भएकोले पार्टीमा सतिश कुमार सिँहको नाम चर्चामा रहेको छ । पार्टीले मुख्यमन्त्रीको पदमा दाबेदारी राखेपछि मेरो नाम पार्टीमा अहिले चर्चामा रहेको सिँहले बताए ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभामा भारी मतले विजय भएका सिंह उक्त पार्टीबाट मुख्य मन्त्री पदको दाबेदार रहेको दाबी गरे । मधेस प्रदेशमा सरकार बनाउन दुबै गठबन्धनलाई चाहिने आवश्यक संख्या जनमत पार्टीसँग रहेको देखिन्छ ।
मधेस प्रदेशमा जनमत पार्टी निर्णायक रहेकाले मुख्यमन्त्रीका लागि अडान राख्नुपर्ने उनले बताएका हुन । जनमत पार्टीबाट संसदीय दलका नेताको रुपमा यस प्रदेशमा सतिश लाई नै अगाडि बढाउने आन्तरिक तयारी गरिरहेको स्रोतको दाबी छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |