राजविराज, २० मंसिर । रुपनी देखि राजविराज सम्मको चार लाइन सडक निर्माणको काम शुरु भएका छन् ।
रुपनी बजार देखि १० किलो मिटर सम्म लम्बाइ र ३० मिटर चौडाइ रहेको सडक निर्माण कार्यका लागि सडक छेउ छाउमा पर्नै घर टहरा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको अगुवाइ तथा स्थानीय हरुको पहलमा हटाउने गरेका छन् ।
सडक डिभिजन कार्यालय लहानका इन्जिनियर रमेश गोईतले दिएको जानकारी अनुसार ३ अर्बको अनुमानित लागतमा निमार्ण हुने रुपनी राजविराज सडक निर्माण हाल ५५ करोडको टेन्डर स्वीकृत भई काम थालिएको जानकारी दिए ।
३० मिटर चौडाइ सडक निर्माण मा १९ मिटर कालोपत्रे, सडकको दुवै पट्टि फुटपाथ, सोल्जर र मिडियन समेत रहने इन्जिनियर गोईतले जानकारी दिए ।
एमएस साह र दिवा जेभी कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएका सडक निमार्ण हाल केही साना तिना पुल निर्माणको क्रममा रहेका छन भने सडक फराकिलो का लागि स्थानीय प्रमुखको पहलमा काम भइरहेको गोईतले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |