राजविराज, २० मंसिर । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा कान्तिपुरकर्मी अवधेश झालाई धम्की दिने व्यक्तिलाई कारबाहीको माग राखी प्रहरीमा उजुरी दिएका छन् ।
महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा गएका पत्रकारको टोलीले मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अवधेश झा माथि समाचार लेखेकै कारण केही व्यक्तिले सामाजिक संजालमा खुलेयाम ज्यान मार्ने खालको तस्विर कोरेर धक्की दिएकोले संलग्न व्यक्तिलाई कडा कारबाहीको माग गर्न महासंघको उजुरी पत्रमा उल्लेख छ ।
सप्तरीलाई कार्यक्षेत्र बनाएर समाचार संकलन र सम्प्रेषण गर्दै आएको पत्रकार झाले १७ मंसिरको कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणमा तोक आदेशमा कर्मचारी भर्ना शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचार राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसँग समाचार सम्बन्धित छ ।
उक्त समाचार प्रकाशन भएपछि बजार चौकमा केही व्यक्तिले पत्रकार झालाई भौतिक कारबाही हुने भनी जानकारी आएको छ, महासंघ सप्तरीले प्रहरीमा बुझाएको उजुरीमा भनिएको छ, यसको अतिरिक्त नसरुल राजा र मो। सजाद नामको फेसबुक आईडिबाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि थप पत्रकार झा असुरक्षित हुन पुगेको छ, उक्त फेसबुक आईडिहरुमा लेखिएको स्क्रिन सर्ट समेत यसै निवेदनसाथ सलग्न छ ।
समाचार लेखेको विषयमा सम्बन्धी पक्षलाई आफ्नो अनुकूलको चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी प्रावधान हुँदा पनि फेसबुकमा नसरुल राजा र मो। सजादको सामाजिक संजालमा पत्रकार झामाथि ज्यान मार्ने धम्कीसम्म दिएको हुँदा उनीहरूमाथि कानुन बमोजिम कारबाहीको माग गर्दै यो निवेदन दिएका छौं महासंघले दिएको उजुरीमा उल्लेख छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |