राजबिराज, २१ मंसिर । बिष्णुपुरमा पढाई तथा गणितीय सीप विकासका लागी महोत्सव कार्यक्रममा विषयवस्तु पठन सीप सम्बन्धी महोत्सव कार्यक्रम अन्तर्गत रिडिंग अभ्यासमा बालबालिकाहरू कमजोर देखिएकोले अभ्यासलाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
बुधवार सेभद सप्तरीको आयोजनामा तथा चिल्ड्रेनको सहयोग र बिष्णुपुर गाउँपालिकाको समन्वयमा पढाई तथा गणितीय सीप विकास महोत्सवमा बालबालिकाहरूको शिक्षण सिकाईको स्तर सम्बन्धी अभ्यासमा पालिका अन्तर्गत १७ वटै विद्यालयका कक्षा ३ का बालबालिकाहरू बिचको रिडिंग अभ्यासमा प्रस्तुती राम्रो देखिएन ।
सहभागी अधिकांश बालबालिकाहरूले कक्षा ३ कै पाठ्यपुस्तकबाट आफैले छनोट गरेका विषयवस्तुको पठन९ रिडिंग० अभ्यासमा सन्तोषजनक पठन सक्ने सीप स्तरीय देखिएन, कार्यक्रम सेभद चिल्ड्रेन बरिष्ठ कार्यक्रम संयोजक खिलनाथ निरौलाले बालबालिकाहरूको पठनपाठन स्तरीय र गुणस्तरीय बनाउन अभिभावक, शिक्षक र विद्यार्थीहरू जिम्मेवार हुनुपर्ने जोड दिए ।
उनले भने बालबालिकाहरूको पठाई सिप का विकासलाई स्तरीय बनाउन लेखन र पठन सीपको स्तर पठाउन रिडिंग अभ्यासलाई प्रभावकारी बनाउन सबै गम्भीर हुनुपर्ने सुझाव दिए ।
यसैगरी बिष्णुपुर गाउपालिका निमित प्रमुख प्रशासकीय अधिकृत सुभास मण्डलले शिक्षक र अभिभावकले गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिभावक आफ्नो पदीय जिम्मेवारी बुझे मात्र शिक्षाको स्तरमा बृद्वि हुने जोड दिए ।
पालिका अन्तर्गत १७ वटै विद्यालयका कक्षा ३ का बालबालिकाहरूले आफूले रुचाएका विषयवस्तुको रिडिंग अभ्यास प्रतियोगिताको आयोजना गरिएको सेभद सप्तरी कार्यक्रम संयोजक संतोष यादबले जानकारी दिए ।
रिडिंग अभ्यास प्रतियोगितामा छात्र तर्फ प्रथम आधारभुत बिधालय मुसहरनियाका रूपक कुमार मण्डल, दोस्रो आधारभुत बिधालय थल्हीका मोहम्मद ईव्रान तेस्रो जनता माबि कन्कटाका आयुष कामैत स्थान प्राप्त गरेका छन् ।
त्यसैगरी छात्रा तर्फ प्रथम आधारभुत बिधालयका प्रसाहीका सुष्मा कुमारी यादब, दोस्रो रूद्र माबि गोरगमाका प्रतीक्षा कुमारी चौधरी, तेस्रो स्थान जनता राष्ट्रिय प्राथमिक बिधालयका सृजना कुमारी यादब प्राप्त गरेको छ । अभ्यास प्रतियोगितामा सहभागी हुने अन्य सबै विद्यालयहरूले सान्त्वना पुरस्कार प्राप्त गरेको फिल्ड अधिकृत मुकेश साहले बताए ।
सोही अवसरमा पुरस्कृत सम्पूर्ण छात्रछात्रा पुरस्कार बितरण तथा सहभागी अतिथिहरूलाई गमछा ओढाएर सम्मान गरिएको सेभद सप्तरीका कार्यक्रम संयोजक सन्तोष यादबले बताएका छन् ।
उक्त अभ्यास कार्यक्रममा बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश प्रसाद यादब, वडा ५ का अध्यक्ष जिवछ मण्डल, वडा ७ का अध्यक्ष लोचन साह, शिक्षा संयोजक अर्जुन कुमार यादब, सेभद सप्तरीका राजिव चौधरी,फिल्ड अधिकृत मुकेश साह लगायत विभिन्न विद्यालयका प्रअरशिक्षकर बिधार्थीहरूको सहभागीता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |