राजबिराज, २२ मंसिर । बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी नारा सँग महिनावारी स्वछता दिवसको अवसरमा किशोरी समूह बिच मैत्री क्रिकेट खेलमा सप्तरी विजय भएका छन् ।
राजबिराज स्थित पविमाबि खेलमैदानमा सप्तरी र सिरहाका किशोरी समुह टिम बिच भएको मैत्रीपूर्णमा क्रिकेट खेलमा सिरहालाई ७ बिकेटले पराजित गर्दै सप्तरी विजय भएको हो । टस जितेर सिरहाले निर्धारित २० ओभरको खेलमा १८ ओभर ८ बल खेल्दै १ सय रनको योगफल खडा गरेका थिए । जसमा चन्द्रिका साह २१ शोभा शर्माले १२ रन बनाएका थिए भने ४६ रन अतिरिक्तको रूपमा भएका थिए ।
बलिंग तर्फ सप्तरीका साक्षी यादब सर्वाधिक ३ बिकेट, अन्जु कुमारी प्रमाणीले २ बिकेट र संगिता कुमारी यादब, राधा कुमारी यादब, दिपिका सिँह १/१ बिकेट हात पारेका थिए । जवाफमा सप्तरीले १६ ओभर ५ बलमा ३ बिकेट गुमाएर विजय हात पारेका थिए ।
जसमा सरस्वती कुमारी यादबले सर्वाधिक १७ रन, साक्षी कुमारी यादबले १२ जोडेका थिए भने अन्जु कुमारी प्रमाणी अबिजित ८ रन तथा संगिता कुमारी यादबले ६ रन अविजित बनाएका थिए । बलिंग तर्फ सिरहाका चन्द्रिका साह र अजमेरी खातुन १/१ बिकेट लिएकी छिन । खेलको म्यान अफ दि म्याच सप्तरीका साक्षी कुमारी यादब घोषित भएको सबल नेपालका परियोजना संयोजक रोशन मण्डलले जानकारी दिए ।
उक्त अवसरमा डाकनेश्वरी नगरपालिका उपमेयर मिरा यादब, राजगढ गाउपालिका उपाध्यक्ष रेणु देबी मण्डल, सबल नेपाल का अध्यक्ष जुना गिरी, नेपाल पत्रकार महासँघ केन्द्रीय सदस्य ललिता साह, सप्तरी अध्यक्ष श्रवण कुमार देव, सिरहा क्रिकेट सँघ अध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट सँघ अध्यक्ष आयुष श्रेष्ठ, महुली सामुदायिक विकास केन्द्रका कार्यक्रम निर्देशक प्रभु नारायण चौधरी, कार्यक्रम अधिकृत पार्वती राना, श्याम चौधरी, डब्लुएचएच पदम लम्साल, निरज गिरी, मेलबर्न क्रिकेट कल्वकी लेबल थ्री कोच सारा बेग लगायतले बिजेता, उपबिजेता टिमलाई कप, मेडल तथा मायाको चिनोबाट सम्मान गरेका थिए ।
उक्त अवसरमा ग्रामीण भेगका किशोरीहरू बिचमा महिनावारी स्वछता सम्बन्धी जनचेतनाको अभाव हुनाले महिनावारी स्वछता बारेमा विभिन्न सन्देश मूलक सामग्रीहरू प्रदर्शन गरी दिवस मनाइएको सबल नेपाल कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |