राजबिराज, २३ मंसिर । सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारमा १५ शैय्या ९बेड०को अस्पतालको शिलान्यास गरिएको छ ।
शुक्रवार गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी र वडाध्यक्षहरूले संयुक्त रुपमा सो अस्पतालको शिलान्यास गरेका हुन् ।
कुल १६ करोड ७३ लाख १० हजार ३४६ (भ्याटसहित) रुपैयाँको लागतमा निर्माण हुन लागेको सो अस्पतालको ठेक्का एटीसी कन्ट्रक्सन जेभी धनगढी–१०, सिरहाले पाएको छ ।
ठेक्काअनुसार चार तल्ले अस्पताल भवन दुई वर्षभित्रमा निर्माण गरिनेछ । शिलान्यास कार्यक्रममा पूर्व गाउँपालिका हरेराम यादव, वडाअध्यक्षहरू सरोजकुमार मण्डल, लिला यादव, अमर मुखिया, छेदी रजक, गंगा यादव, बद्रीनारायण सरदार लगायतको उपस्थिति थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |