राजबिराज, २४ मंसिर । राजगढ गाउँपालिकाको आफ्नो भवन नहुदाँ सेवा प्रवाह सँगै कार्यसम्पादनमा समस्या भएको छ ।
राजगढ गाउपालिका ३ स्थित पछवारी टोलमा घरको भाडामा पालिका संचालन हुदाँ सेवाग्राहीलाई छिटो छरितो सेवालाई सहज बनाउन समस्या भएको हो ।
पालिका अन्तर्गत स्वास्थ्य शाखा, पशु सेवा, कृषि, समाजिक शाखाहरू एउटै कोठामा राखेर संचालन भइरहेको छ भने न्याय समिति को कार्यालय पालिकाको वडा ४ बेल्हीमा राखेर संचालन गर्न बाध्य रहेको पालिका अध्यक्ष ओमप्रकाश मण्डलले बताए ।
उनले भने निर्माण समितिलाई दबाब दिइदै आएको छु, बैशाख मसान्त भित्र नयाँ भवन निर्माण हुने विश्वस्त छु ।
यता पालिका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादबले बैशाख र ज्येष्ठ भित्रै पालिकाको नवनिर्मित भवन संचालनमा आउने बताएका छन् ।
उनले भने नवनिर्मित भवनमा अहिले ग्राउन्ड फलोरको काम भएको छ, र यसलाई सक्रिय भएर लागेको छु, ८ महिना भित्रै सम्पन्न हुने देखिएको छ र बहुवर्षीय योजना भएकोले म्याद अझै सम्म कायम भएकोले निर्धारित समय मै पालिका भवन निर्माण सम्पन्न हुनेमा विश्वस्त छु ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |