राजबिराज, २४ मंसिर । ३१ औ अपांग दिवसको अवसरमा असहाय, गरिब, विपन्न अपांगहरूलाई चिसो छल्न कम्बल र दरी सहयोग गरिएको छ ।
शनिवार राजबिराजका समाजसेवी सुभाष भन्सालीले आफ्नै निवासमा ३५ जना अपांगता प्रति ब्यक्तिहरूलाई न्यानो कपडा प्रदान गरिएको हो ।
राजबिराज स्थित भन्साली ट्रेडर्सका संचालक, कपडा व्यवसायी समेत रहेका भन्सालीले समाजिक उत्तरदायित्व अन्तर्गत अपांगहरूलाई जाडोमा न्यानो कपडा सहयोग गरेको र विकासका लागि सधैँ सहयोग गर्ने प्रतिबद्धता गरे ।
उक्त अवसरमा अपांग संघका अध्यक्ष बिरेन्द्र कुमार चौधरी, सचिव रामचन्द्र यादब, समाजसेवी इन्जिनियर सूर्य नारायण यादब, पत्रकार बिनय कुमार कर्ण, चन्दनकुमार यादब लगायतको उपस्थिति रहेको थियो ।
यस अगाडि नै ३१ औ अपांग दिवसको अवसरमा अपांगता ब्यक्तिहरूलाई स्टेसनरी, थालहरू सहयोग गरिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |