राजविराज, २५ मंसिर । लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका १ का स्थानीय कृष्ण बहादुर बिकको छोरी वर्ष ३२ कि रोमा कुमारी विश्वकर्मा लाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध मुद्दामा सप्तरी जिल्ला अदालतको २०७८ चैत २३ गतेको फैसलाले निज प्रतिवादीलाई २ वर्ष कैद र १ लाख जरिवाना ठहर गरेपछि बिक फरार रहेको थियो ।
उनलाई खोजतलासको क्रममा शुक्रबार राजबिराज न.पा. वडा नं. ६ स्थितबाट पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजमा आइतबार हाजिर गराई कैद भुक्तान को लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |