राजविराज, ५ पुस । सप्तरीको रुपनी गाउँपालिका -१ मा टिपरको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय स्कुलमा कक्षा ६ मा अध्ययनरत शंकर यादवकी १२ वर्षीया छोरी रिता कुमारी यादवको आज बिहान टिपरको ठक्करबाट ज्यान गएको हो ।
विद्यालय गइरहेकी बालिकाको ना १ क ८५४२ नम्बरको टिपरको ठक्करले उनको घटनास्थलमै मृत्यु भएको भएको छ ।
मृत्यु भएपछि उनका आफन्त र स्थानीयले राजमार्गमा अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । सोही क्रममा प्रहरीले ८ राउन्ड अश्रुग्यास र १० राउन्ड हवाइ फायर गरेको छ भने अवस्था नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |