राजबिराज, १३ पुस । किसानलाई कृषिमा आक्रसित गर्ने उद्देश्यले समुन्नति परियोजना अन्तर्गत तिलाठी कोइलाडी ७ का कृषक समुहलाई पावर टेलर ट्रयाक्टर सहितका सामग्री बितरण गरिएको छ ।
बुधवार सेभद सप्तरी र सेभद चिल्ड्रेनको सहयोगमा कमलेशरी कृषक समुह मन्सापुर लाई ट्रयाक्टर सहित सोलार र अर्गानिक मल बनाउने सामग्री बितरण गरिएको हो ।
उक्त कृषक समुहमा २५ जना कृषकहरूलाई ५ बिगाहा जग्गामा जैविक तरिका वाट खेती गर्नका लागि कृषि सामग्री बितरण गरिएको कार्यक्रम संयोजक सन्तोष यादबले बताए ।
उक्त अवसरमा सेभद सप्तरीका अध्यक्ष ध्रुव देवले समुन्नति कार्यक्रमले जिविकोपार्जन कार्यक्रम अन्तर्गत आर्सेनिक खेती गर्न, खेत खन्न, तरकारी, धान खेती गर्नका लागी बालबालिकालाई शिक्षा स्वास्थ्य र आयआर्जनमा वृदिमा सहयोग पुग्ने उद्देश्यले २ लाख ५५ हजार बरावरको सामग्री बितरण गरिएको बताए ।
उक्त अवसरमा सेभद सप्तरीका अध्यक्ष ध्रुव देव र तिलाठी कोइलाडी गाउपालिका अध्यक्ष अरूण मण्डलले उक्त सामग्री बितरण गरेका छन् । यसैगरी समुन्नति कार्यक्रम संयोजक सन्तोष यादब, कृषि प्राविधिक रामकुमार साह, फिल्ड अधिकृत बिष्णुकान्त देव, सत्यनारायण थारू लगायत कृषकहरूको उपस्थिति रहेको थियो ।
सेभद सप्तरी र सेभद चिल्ड्रेनको साझेदारीमा तिलाठी कोईलाडी गाउँपालिकामा समुन्नति कार्यक्रम संचालनमा रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |