एजेन्सी । भारतीय प्रधानमन्त्री मोदीकी आमा हीराबेन को १०० वर्षको उमेरमा निधन भएको छ । अहमदाबादको एक निजी अस्पतालमा उनले अन्तिम सास लिए। प्रधानमन्त्री मोदीले आज बिहान ट्वीट गर्दै यसको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्,
हिरा बाको बुधबार उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदी आमालाई भेट्न अस्पताल पुगेका थिए ।
आमाको निधनको खबर पाएलगत्तै प्रधानमन्त्री मोदी अहमदाबाद प्रस्थान गरेका छन् । उहाँ आज कोलकाता जान लागेका थिए, जहाँ प्रधानमन्त्रीले हावडा नयाँ जलपाईगुडी वन्दे भारत ट्रेन र मेट्रो लाइनको उद्घाटन गर्ने थिए । नयाँ जलपाईगुडी रेलवे स्टेशन पुनर्विकास परियोजनाको शिलान्यास हुने थियो । तर अहिले उनको कोलकाता जाने कार्यक्रम रद्द भएको छ । उनले भिडियो कन्फरेन्समार्फत यी कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |