एजेन्सी । कीर्तिमानी तीन विश्वकप जितेका ब्राजिलका महान फुटबलर पेलेको बिहीबार राति निधन भएको छ ।
उहाँ ८२ वर्षको हुनुहुन्थ्यो । शताब्दीका महान् फुटबलरमध्येका एक पेले २०२१ देखि क्यान्सरको उपचार गराइरहेका थिए । उनी गत महिनादेखि विभिन्न रोगका कारण अस्पताल भर्ना भएका थिए । उनको मृत्युको पुष्टि उनका एजेन्ट जो फ्रागाले गरेका थिए ।
फुटबलको सबैभन्दा महान खेलाडी मध्ये एक मानिने पेलेले झण्डै दुई दशकसम्म आफ्नो खेल मार्फत आफ्ना प्रशंसकहरूलाई मनोरञ्जन दिए । उनले ब्राजिललाई फुटबलको शिखरमा पुर्याए र उनको यात्रामा खेलको विश्वव्यापी राजदूत बने ।
ब्राजिलले पेलेको नेतृत्वमा सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । उनले ब्राजिलका लागि ७७ गोल गरेका थिए । हालै विश्वकपमा नेइमारले आफ्नो राष्ट्रिय कीर्तिमान बराबरी गरेका थिए । पेलेका रोजमेरी डोस रेइस चोल्बी र एसेरिया सेक्सटास लेमोससँगको विवाहबाट पाँच सन्तान र दुई छोरीहरू छन् । पछि उनले व्यवसायी मार्सिया सिबेले ओकीसँग विवाह गरे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |