राजबिराज, १५ पुस । क्रिकेट विकास प्रतिष्ठान द्वारा राजबिराजमा संचालित अन्तरविद्यालय डब्बल राउन्ड रोबिन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा शनिवार पिसल्यान्ड र लिटिल एन्जल स्कुल बिच हुने भएको छ ।
शुक्रवार सम्पन्न खेलमा पिसल्यान्ड स्कुलले क्रिकेट विकास प्रतिष्ठान टिमलाई १३ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का भए सँगै लिटिल र पिसल्यान्ड बिच हुने भएको हो ।
टस जितेर पिसल्यान्डले निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाएर १ सय ४९ रनको योगफल खडा गरेका थिए । जसमा बरूणदेव गामीले सर्वाधिक ४५ रन अभिशेष मण्डल ३९ श्यामबाबु मण्डल १८ रनको योगदान गरेका थिए । बलिंग तर्फ बिकास प्रतिष्ठानका बिकास यादब २ बिकेट सुशान्त देव र रितेश राम १र१ बिकेट हात पारेका थिए ।
जवाफमा प्रतिष्ठानले २० ओभरमा ७ बिकेट गुमाई १ सय ३६ रनमै सीमित रहे ।जसमा रोहित यादब ३४ रन, सुशान्त देव २४ र विशाल यादब २२ रन बनाएका थिए । बलिंग तर्फ पिसल्यान्ड स्कुलका प्रदिप दासले उत्कृष्ट बलिंग गर्दै ३ बिकेट आर्यन दास २ बिकेट र रियाल अली र बरूणदेव गामी १/१ बिकेट हात पारेका थिए।
खेलको म्यान अफ दि म्याच पिसल्यान्ड स्कुलका बरूणदेव गामी घोषित भएका थिए भने घोषित म्यान अफ दि म्याचलाई लायन्स क्रिकेट एकेडेमीका संस्थापक सदस्य गजेन्द्र माझीले कप प्रदान गरेका थिए ।
भोलि पिसल्यान्ड स्कुल र लिटिल एन्जल स्कुल बिच फाइनल खेल बिहान १० बजे देखि पबिव माबि राजबिराज खेलमैदान हुने प्रतिष्ठानका सचिव सन्तोष कुमार यादबले जानकारी दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |