≡ निसा मैनाली ≡ मेरो सपनाको नगर भन्दा केही पर पुग्दै गर्दा बूढा बा भन्नु हुन्छ बाध्यता र वास्तविकता बिचको खाडल समुद्री सतह भन्दा पनि गहिरो हुँदा रहेछ । शायद यसको गहिराइ मापन गर्ने कुनै पनि यन्त्र उपकरणको आविष्कार आजसम्म हुन सकेको छैन ।
सम्बन्धित मान्छेको मन बाहेक यसको गहिराइ मापन कसैले पनि गर्न सक्दैन । उहाँको यस्तो वाक्यांशले म छिनभरका लागि स्तब्ध हुन्छ तर धेरै बेर रहन सक्दिनँ, म उहाँ भएकै नजिक पुगेर उहाँलाई नियाल्दै गर्दा मैले बुझ्छु कि भनेर होला झुकाएका नि नजर अझै झुकाउँदै पुरुष नि आँखाहरू पनि भिज्न जान्दा रहेछन् भनी प्रमाणित गर्दै थिए । यति भिज्दा पनि बाका आँखा अति सुन्दर थिए । सन्तानका लागि सपना देख्ने बाँका आँखात सदावहार सुन्दर हुँदा हुनु वर्षात पछिको मौसम सुन्दर भए जस्तै आँशुको वर्षात पछि आज बाँ का आँखा पनि औधी सुन्दर देखिन्छन । अभाव, अप्ठ्यारो, विचलन, पीडा, छटपटी तनमनका सबै घाउलाई लुकाउँदै सुगन्धित पसिनाले छोरीको भविष्य सुनिश्चित बनाई दिएका एक पिता अझै चिन्ता उन्मुक्त हुन सक्नु भएको छैन । छोरीको सुन्दर संसार बसेको हेर्ने जीवनको सबैभन्दा ठूलो सपना पुरा हुन बाँकी नै थियो । हजारै सपना अनि रहरको हत्या गरी निर्मित बाँ को त्यो सुन्दर मन्दिर जस्तै घरमा एक बाँ आफ्नो छोराको लागि हात माग्न आउँदै गर्दा त्यो घर अत्यन्त हर्षित छ । बा को थाकेको शरीर, उदासिएका आँखा, भक्कानिएको मन अनि ओठको फिक्का हाँसाले स्वागत गरी बस्न अनुरोध गर्दै गर्दा बाको मस्तिष्कमा हुने विस्फोटलाई सजिलै अनुमान लगाउन त सकिन्छ तर बेदनालाइ बुझन भने सक्दिैन । बा भन्नुहुन्छ एक संसार बसाउन मेरो सम्पूर्ण संसार नै सर्मपण गर्नुपर्छ । धेरै सम्झौता हिसाब किताब र मागलाई मध्यनजर गर्दा बा जिउँदो लाश जस्तै बन्नुहुन्छ । बा को टुक्रिएको मनको क्षति देख्न सकिदैन । तर बा हुन आकाश जस्तो विशाल छाती बनाई छोरीको संसार बसाउन आफ्नो चुहिएको छानो, बेलुकीको छाक टार्ने जोहो, छोरीलाई पढाउन खर्चिएको आमाको नाकको फुली अनि कानको बाली, तिर्नुपर्ने त्यो त्यो साहुको ऋण यो सब बिर्सिएर बाँ आफ्नो धरोहर धरातल बिर्सिएर पिताको अन्तिम उपहार आफ्नो अस्तित्व खेतको एउटा हिस्सा तर आफ्नो सर्वश्व सुम्पेर पढेलेखेको ज्वाई किन्दै हुनुहुन्छ बेचिने तपाई महान पुरुषलाई मेरो प्रश्न हजुर बुद्धिजीवी कि मुर्ख ? अमूल्य जीवनको मोल हजुर कसरी गर्न सक्नुहुन्छ ? कुन यन्त्र उपकरण, योग्यता र नैतिकताबाट आफुलाई मापन गरी यति सस्ते बनाई दिनुहुन्छ ? मलाई लाग्छ तपाई मानवीय गणितको सुत्रमा कमजोर हुनुहुन्छ । त्यसैले कसैको पसिना र समर्पणको हिसाब गर्न जान्नु भएको रहेछ । कुन कुराले बुझाउ ? के चाहिँदो हो हजुरलाई बुझाउन ? के गरे भने छर्लङ्ग हुने थियो, केही त्यस्तो सुत्र त होला ती हजुरको हृदयको गहिराईमा स्र्पश गरी सम्झाएर बनाउन सक्ने । मागेको कुरा जति सुकै बहुमूल्य भएपनि यसले पूर्णता दिदैन । यसले दिने भनेको अतृप्तीको आर्शिवाद हो । जसले तपाईलाई पूर्ण विकसित हुन दिदैन । यसले दिने भनेको अनिद्रा, असफलता, अनि अशान्ति ।
महोदय दिमागलाई खुब पढाउनुहोस मनलाई चाहिँ अनपढ नै राख्नुहोस जसले कसैको भावनालाई बुझन हिसाब गर्न नपरोस, हजुरले यति गरी दिने भए बा ले खेत बेच्नु पर्दैन । मेरा हजारौ सम्बन्धहरुले कानून र अदालतको ढोका ढकढकाउन पर्दैन । पानी छिनभरका लागि धमिलो भएपनि पानी धमिलै भै राख्नु पानीको धर्म होइन । अब हामी पनि मानवीय धर्ममा फर्किनु पर्छ नर्फेके हामीले आफै र समयप्रति गरेको ना–इन्साफी हुनेछ । केही छिनका लागि यो अस्तव्यस्त समयको चक्रलाई चिर्दै एकैछिन मलाई मेरो प्रिय सपनाको नगरमा हराउन मन लाग्छ । आँहा यो मेरे सपनाको नगर जहाँ मेरो प्रिय नगरवासीहरु शैक्षिक भन्दा नैतिकवान बन्नु हुनेछ । तपाई हाम्रा साहारा हाम्रा सन्तानका लागि आरम्भ देखि नै त्यस्ता पाठशालाहरु खुल्ने छन जसले सिकाउने, सम्झाउने अनि तयार गर्ने एक शिष्ट नैतिकवान र मानवीय गुणले भरीपूर्ण एक शिष्ट मानव । आहाँ पछि गएर बन्ने यी माननीय डक्टर जसले खाली पेट वसेर उपचारमा आउने तपाई हाम्रो आमा बुवाको तन र मन उपचार गर्ने छन । यहाँबाट जन्मिएका कुशल शासक वा राजनीतिज्ञयहरुलाई ज्ञान हुनेछ । विजयी हुन मात्रै असल राजनीति हैन भनी सचेत गराउने छ । न्यायलय र कार्यालयमा हुने दस्तुरका कारण रोकिएका ति सबै उजुरीहरु दर्ता कार्यान्वयन र न्यायोचित सजाय हुने र सबै सचेत तथा पारदर्शी रहनु हुनेछ । अब सजाय कडा र प्रशंसनीय रहनेछ । सबैको साझा नगर यहाँ हामी सबैको शैक्षिक योग्यताको कदर सम्मानीय हुनेछ । मेरो नगरमा एकपल्ट तपाई पनि आउनुहोस है, अब यहाँ तपााईलाई सार्वजनिक स्थलमा खोलिएका पार्क, धारा, शौचालयले पर्खि रहेका छन । स्वच्छ अक्सिजन फाल्न हामीले गरेका वृक्षारोपणले शितलता दिने छन । भयानक सडक दुर्घटना कम हुँदै जानेछन ।
मेरा प्रिय नगरबासीलाई अब थाहा छ बाटोमा हर्न बजाएर हैन संयमित भएर चल्नुपर्छ । सडक साझा हो यहाँ आँखा नदेख्ने, कान नसुन्ने, ज्येष्ठ नागरिक, बालबालिकालाई हर्नले मात्र सुरक्षित गर्न सकिदैन । नगरवासीहरु गुनासो हैन अपूर्णतालाई पूर्णता दिन सार्वजनिक स्थलमा हुने फोहोर मैलालाई उचित विर्सजन र व्यवस्थापन गर्नु हुनेछ । प्रयाप्त कृषिजन्य औजार खाद्य र बिऊ बिजनको उच्च गुणस्तर समयमै सबै किसानहरुलाई एकैनाशले वितरण सुव्यवस्थित हटिया बजार । आहाँ, तर यति सपना म एक्लैले त देख्न सक्दीन नि आउनुहोस अलिकति साथ दिनुहोस । बलियो सम्बन्ध बनाउन एकल प्रयास काफी हुने भए बालुवामा सिमेन्ट मिसाउन जरुरी हुने थिएन । म त आफ्नो सपना प्रति कटिबद्ध र निर्धक छु । अहिले म सुन्दर स्वच्छ र संवेदनशिल नगरको सपना देख्दैछु । तपाईहरु पनि देख्नु होस है ।
यतिकैमा मध्यरातलाई पनि मध्यनजर नगरी सडकमा बज्ने ठूलाठूला माइक्रोफोनको ध्वनीले मेरो सपनालाई पूर्णता दिन नपाउँदै बिचमै तहसनहस र छरपस्ट पारी दिन्छन टुक्रिएका मेरा सपना बोकेर मेरो वास्तविक नगरमा फर्किदा मलाई चिच्याएर सोध्न मन लाग्छ म एक नगरवासीको हैसियतले मेरो सुन्दर नगरको सपना खोस्नेलाई शोभा दिन्छ ? अब मलाई आफुले देखेको सपना प्रति नै अफसोस लाग्छ । तर सपना निरन्तर देखिराख्छु यो मेरो अधिकारलाई हनन नगरी देऊ है । त्यसैले प्रिय नगर अब तिमीसँग बोझिलो सिकायत हैन । मेरो सपनाको नगर तिमी प्रति आशावादी छु । मेरा सपना साकार पारिदेऊ यति गरिदेऊ भने मेरो नगरको माटोले आफ्नो कोख प्रति गैरब गर्दै मुसुमुसु मुस्कान छोडी तिमी आफ्नो सन्तान भएकोमा गौरववान्तीत हुनेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |