राजबिराज, २४ पुस । अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासनले विपन्न बस्तीमा न्यानो कपडा बितरण गरेको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले राजविराज-९ बिहारपुर स्थित मुसहर बस्तीमा अति विपन्न २० परिवारलाई कम्बल तथा सिरक वितरण गरेको हो ।
राजविराजको विभिन्न ठाउँमा आगो तापन्ने प्रबन्ध एक सातादेखि लगातार चलेको चिसो हावाका कारण जाडो बढेपछि स्थानीय प्रशासनले राजबिराजको विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
जाडो मौसमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले वन कार्यालयको सहयोगमा राजविराजको विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा प्रमुख सेनानी दुर्गाबहादुर थापा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेल, वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले जाडो छल्न राजविराजको विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएका हुन।
यसले शीतलहर बाट बच्न ठूलो मद्दत पु¥याउने विश्वास लिएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी उपरीक्षक अभिनारायण काफ्ले जनाएको छ ।
राजबिराजको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, अदालत, रुपनी मोड, जिल्ला प्रशासन कार्यालय लगायतका विभिन्न स्थानहरूमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
चिसो हावासँगै बढेको शीतलहरले बालबालिका, वृद्धवृद्धा र विपन्न परिवार बढी प्रभावित भएका छन भने शीतलहरका कारण बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |