राजविराज, २५ पुस । हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ५ बाट दुई जनालाई पक्राउ गरेको छ।
राजस्व अनुसन्धान विभाग कार्यालयको टोलीले ५२ लाख ८९ हजार पाँच सय नगदसहित दुइ जनालाई पक्राउ गरेको राजस्व अनुसन्धान विभागका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।
बोदेबरसाइन बजारमा शिवम् इन्टरप्राइजेज सञ्चालन गर्दै आएका रामबिलास साह र जल्पा भगवती खरीद बिक्री केन्द्र सञ्चालक मायानन्द झालाई पक्राउ गरेको हो ।
उनीहरूले वर्षौ देखि अवैध हुन्डी कारोबार गर्दै आएको सुराग पाएपछि राजस्व अनुसन्धान विभागको टोलीले विशेष सूचनाको आधारमा साहको साथबाट ४३ लाख ८९ हजार ५ सय र झाको साथबाट ९ लाख रुपैयाँ सहित उनीहरू लाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।
पछिल्लो केही वर्षदेखि उनीहरु हुन्डी कारोबार गर्दै आएको सूचनाका आधारमा आइतबार खटिएको सिआईबीको विशेष टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |