वास्तबमा गरिवी र बिपन्नताकै कारण न्यानो लुगाको अभावमा जाडोमा कठ्यांग्रिएर रात कटाउनु पर्ने र जाडो कै कारण कठ्यांग्रीएर ज्यान गुमाउन सक्ने ब्यक्ति र परिवारको संख्या कती छ भन्ने सामान्य तथ्यांक समेत नराख्ने स्थानिय जनप्रतिनिधी, पालिका वा स्थानिय प्रशासनले बजारका दुई चार ठाऊँमा बाल्नका लागि गरिरहेको दाउरा बितरण एउटा फगत तमासा बाहेक केही होइन ।
समयमै जिल्लाका अती बिपन्नको अभिलेख राखी चिसोकै कारण मर्नु पर्ने स्थिती आउन नदिन प्रयत्न गर्नु पर्ने सरोकारवालहरु आफ्नै क्षेत्र भित्रको त्यो बिपन्नताको दीर्घकालिन समाधानको उपाय नखोजी केवल सस्तो लोकप्रियताकै लागि अनावश्यक दाउरा वितरणको तमासामा प्रतिस्पर्धा गर्दैछन् ।
बजारका २/४ ठाऊँमा बालेको आगोको न्यानो यदी बिपन्नको झुपडीमा पुग्ने थियो भने देव नारायण ठाकुरको जस्तो नियती यसपाली दोहोरिंदैनथ्यो । केही क्विन्टल दाउरा केही घंटा बाल्दैमा बिपन्नले यो चिसो सिरेटो खप्न सक्ने थिए भने देवु सदा जस्ता गरिवहरु यो जाडोमा कठयांग्रीएर मर्ने थिएनन् । तर बर्षेनी जाडोमा चिसिएर जनता मर्दा पनि परिपक्व योजना सहित बिपन्नलाई बाँच्न सक्ने वातावरण बनाउनुको साटो जनताको राजस्वमा हिटर ताप्ने सप्तरीका मन्द बुद्धिहरु झारा टार्ने काम मार्फत आफूलाई अब्बल देखाउने प्रचार प्रसारमा ब्यस्त ब्यस्त भएको देख्दा उदेक लाग्छ ।
〈बिमल न्यौपानेको फेसवुक वाल बाट सभार〉
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |