राजबिराज, ३० पुष । राजबिराज –२ राजदेबी बसपार्क देखि पश्चिम भोला घर हुँदै भलुवाही पुल जोडने बाटोको निर्माण कार्य तिव्रता दिएको छ ।
राजदेवी बसपार्क देखि सिधा गजेन्द्र चौक जोडने एक मात्र सडक खण्ड अन्तर्गत उक्त २ सय मिटर लम्बाइको बाटोमा नाला र ढलान सडक निर्माण कार्य थालिएको हो ।
बिहीबार बसपार्क जोडने सडक अन्तर्गत भोला साहको घर देखि भलुवाही पुल सम्मको नाला र सडक निर्माण कार्य थालिएको वडा अध्यक्ष अरूण यादवले बताए ।राजबिराज नगरपालिका र वडा कार्यालयको समन्वयमा र सडक बोर्ड योजना अन्तर्गत कुल ५० लाख २७ हजार ९ सय रुपैयाँको लागतमा उपभोक्ता मार्फत निर्माण कार्यलाई तिव्रता दिएको वडा अध्यक्ष यादबले जानकारी दिए ।
वर्षौ देखि जीर्ण रहेको उक्त सडक साविकमा ३ मिटर रहँदा अहिले आवश्यकता अनुसार संरचना भत्काएर त्यसलाई ५ मिटरको सडक बनाएको अध्यक्ष यादवले बताए । निर्माण थालिएको उक्त बाटोमा १ सय ५० मिटरमा नाला निर्माण कार्यलाई तिव्रता दिएको उपभोक्ता समितिका सदस्य मोहम्मद वासिमले जनाएको छ।
निर्माणधीन बाटो राजदेवी सडक खण्ड अन्तर्गत बसपार्क देखि पश्चिम भलुवाही पुल हुँदै माछा हटिया र गजेन्द्र चौक जोडने सडकमा दैनिक सयौँ सर्वसाधारणलाई आवतजावतमा सहज हुने वडा सदस्य राजुउद्विन खाँ (मुन्ना) ले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |