राजबिराज, ३० पुस । सप्तरीको बाढी प्रभावित क्षेत्रमा काम गर्दै आएका कोशी पीडित समाजले १९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवार कोशी पीडित समाजको प्राङ्गणमा संस्थाले आफ्नो १९ औ साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा समाजका महासचिव पार्वती जोशीले आ.व ०७८/७९ को प्रगति प्रतिवेदन प्रस्तुत गरेकी छिन । जोशीले ३ करोड ३२ लाख ११ हजार ५ सय ६८ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी छिन । प्रतिवेदनमा संस्थाले ७ वटा परियोजना संचालनमा रहेको थियो भने हाल ४ वटा परियोजना संचालनमा रहेको बताएकी छिन ।
सप्तरी कार्यक्षेत्र बनाएर समाजले ओक्सफाम, एलडब्लु आर, डब्लुएफपी, युएआईडीको सहयोगमा कोशी प्रभावित क्षेत्र हनुमाननगर कंकालनी, कंचनरूप नगरपालिका ,सप्तकोशी नगरपालिका, तिलाठी कोईलाडी गाउपालिकामा गर्दै आएको छ । संस्थाले विपत न्युनिकरण, बिपत उथनशिलता, विपत प्रतिकार्य, जलवायु कृषी, विपत पूर्व सूचना प्रणालीमा पहुँच लगायत क्षेत्रमा कार्यक्रम गर्दै आएको निर्देशक देव नारायण यादबले जानकारी गराएको छ।
यस आ.व. मा ८ वटा विद्यालयमा सरसफाइ प्रवर्द्धनका लागी ६० वटा डस्टबिन बितरण, कमर्सियल नर्सरी घर निर्माण, १ सय ६० जना किसानलाई कृषि परामर्श तालिम, बाढी डुबान अति संकटा सन्न ५ सय ७३ घर परिवारलाई झटपट झोला, प्लास्टिक क्यारेट ६ सय ४० जना, खोज तथा उद्वार सामग्री ३० वटा समुहलाई हस्तान्तरण गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
संस्थाका अध्यक्ष ननुलाल मण्डलको अध्यक्षतामा आयोजित सभामा पूर्व संविधान सभा सदस्य सूर्यनाथ यादब बरिष्ठ अधिवक्ता हिमत सिँह, पुर्व सह प्राध्यापक डा।ललित यादब, कोशी पीडित समाजका निर्देशक देव नारायण यादब, संस्थाका उपाध्यक्ष बब्लु समाजसेवी देव नारायण यादब, सगरमाथा अपांग संघका अध्यक्ष बलदेव मण्डल, गैसस सप्तरी उपाध्यक्ष बलदेव मण्डल, अधिवक्ता बिजय यादब, तिलाठी कोईलाडी गाउपालिका समुदायका रेखा साह, नागरिक मंचका संयोजक रामचन्द्र मण्डल लगायतले विपत न्यूनिकरण तथा उत्थानमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |