राजबिराज, ३० पुस । आशा बहुउद्देश्य सहकारी संस्था लि. बिष्णुपुर- ६ ले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवार बिष्णुपुर ६ मा आयोजित साधारण सभा मा संस्थाका अध्यक्ष आयाल राउतले २०७९ अषाठ मसान्त सम्मको आर्थिक वित्तिय विवरण प्रस्तुत गरेको छन ।
अध्यक्ष राउतले संस्थाको पूँजी तथा दायित्व ५१ लाख ४ हजार ५ सय रुपैयाँ प्रस्तुत गरेको भने बचत तथा निक्षेप ६४ लाख १ हजार २० रुपैयाँ कारोबार प्रस्तुत गरेको छ । त्यस्तै ५२ लाख ३५ हजार २ रुपैयाँ श्रृण लगानी गरेको छ । संस्थाले शेयर सदस्य रहेको संस्थामा १८ प्रतिशत लाभांश दिने निर्णय गरेको व्यवस्थापक जय नारायण यादबले जानकारी दिए ।
सो अवसरमा बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादब, वडा अध्यक्ष प्रमान्नद यादब, ब्रम्हा कुमारी राज्य योग सेवा केन्द्रका भगवती दिदी र संस्थाका सचिव गुनेश्वर राउत लगायतको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |