राजबिराज, ५ माघ । बलिदानी दिवसको अवसरमा राजबिराज स्थित गजेन्द्र चौक र दशन चौक मा मैनबत्ती प्रज्ज्वलन गर्दै बलिदानी दिवस मनाएको छ ।
शहिदकाे बलिदानीवाट प्राप्त संघियता,लाेकतन्त्र, समाबेशी, समानुपातिक लगायतका अधिकारकाे रक्षा गर्दै बाकी अधिकारकाे लागि संगठित हुनु अfबश्यक रहेकाे जसपा जिल्ला अध्यक्ष केदार यादब बताउछन । जसपा केन्द्रीय नेता असोक यादवले शहिदको सपना पूरा गर्न सडक, सदन वाट आ वाज उठाउन सबै उत्पिडित समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
मैनबत्ती प्रज्ज्वलन कार्यक्रममा जसपा केन्द्रीय सदस्य असोक यादब, अमरनाथ मण्डल, राजबिराज नगरप्रमुख भिमराज यादब, बोदेवरसाईन नगरपालिका प्रमुख आतेश कुमार यादब, रूपनी गाउपालिका पूर्व अध्यक्ष हरेराम यादब, युवा नेता लक्ष्मण यादब, शंभु यादब, श्याम यादब, विशाल यादब, सत्येन्द्र यादब, संजय यादब, युवा नेता रंजित यादब लगायत जसपा निकट नेता तथा युवा बिधार्थीहरूको उपस्थिति रहेको थियो । उक्त अवसरमा जसपा निकट बिधार्थी संगठनको अगुवाइमा नगरपरिक्रमा गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |