राजबिराज, १२ माघ । सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा प्रदेशस्तरीय मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विहिबार बिष्णुपुर गाउपालिका ६ स्थित एसके एयरपोर्ट होटल गोरगमामा आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो ।
यूवा शक्ति क्लबका अध्यक्ष रबिन्द्र यादबले माघ १४ गतेदेखि प्रदेशस्तरीय चौथौ संस्करण मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता संचालन गर्ने जानकारी गराएको छ । प्रतियोगितामा मधेस प्रदेशको आठ जिल्ला गरी ११ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
यस्तै प्रदेश नंः १ को सुनसरी, मोरङ र झापा गरी ३ वटा टिम एवम् भारतको सुपौल र सहरसा लगायतका दुई वटा टिमको सहभागिता रहने छ । उक्त खेलमा पूर्व कप्तान तथा वर्तमान क्यानका म्यानेजर विनोद दासको उपस्थित रहने आयोजकले जानकारी दिए । उक्त प्रतियोगिताको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।
राजविराजको महेन्द्र बहुमुखी क्याम्पस खेलमैदान शनिबार देखि मधेस प्रदेशको आठवटै जिल्ला गरी जम्मा ११ वटा टिमको सहभागिता तथा प्रदेश नंः १ को ३ वटा जिल्ला सुनसरी, मोरङ र झापा गरी ३ वटा टिम त्यस्तै प्रदेश ३ वाट १ वाट मकवानपुर एवम् भारतको सुपौल र सहरसा लगायतका दुई वटा टिमको सहभागिता रहने छ ।
उक्त खेलमा पूर्व कप्तान तथा वर्तमान क्यानका म्यानेजर विनोद दासको उपस्थित रहने आयोजक टिमले जानकारी दिए । उक्त प्रतियोगिताको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेतालाई रु।१ लाख र उपविजेतालाई नगद पुरस्कार ५१ हजार प्रदान गरिने आयोजकले जानकारी दिए । उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूको सहभागिता हुने छ । सो प्रतियोगिताका मुख्य प्रायोजक बिष्णुपुर गाउपालिका रहेको शक्ति युथ कल्वका अध्यक्ष रबिन्द्र यादबले जानकारी गराएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |