काठमाण्डौं, १३ माघ । प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा नाम उल्लेख गरेका व्यक्ति र कम्पनीविरुद्ध आत्महत्या दुरुत्साहन जाहेरी दर्ता भएको छ । बिहीबार काठमाडौं प्रहरी परिसर, टेकु मा आचार्यकी श्रीमती नानुका अधिकारीले उनीहरूविरुद्ध जाहेरी दिएकी छिन ।
मृतक आचार्यले फेसबुकमा उल्लेख गरेका व्यक्ति र कम्पनीहरू विरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा १८५ समेत विपरित आत्महत्या गर्न दुरुत्साहन सम्बन्धी जाहेरी दर्ता गरिएको छ । मृतक आचार्यले फेसबुकमा आत्महत्या गर्नुअघि पोस्ट गरेको मृत्यु कालिन घोषणलाई उनकी श्रीमती नानुका अधिकारीले फेसबुकबाट उतारेर प्रमाणका आधारमा १२ जना कसूरदारहरू रहेको किटानी जाहेरी पेस गरिएको छ ।
कसूरदार क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बालकुमारी, सान इन्टरनेसनल कलेज, नक्साल, सुजुकी सोरुम, इलाम सूर्योदय नगरपालिका साङपाङ डेरी, डा. उपेन्द्र महतो, डा. समताप्रसाद र नेपाल ग्रामोध्योग कम्पनी , पवन गोल्यान र गोल्यान एग्रो विरुद्ध जाहेरीमा उल्लेख गरिएको छ । त्यस्तै अनिल बस्नेत, मेट्रो तरकारी डटकम र नेप एक्सप्रेस, डाबर नेपाल र शंकर पन्तबाट, कन्याम इन, झापा धुलाबारीका अनिल भेटवाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारविरुद्ध जाहेरी दिइएको छ ।
मृतक आचार्यकी श्रीमती नानुका अधिकारीले आत्महत्या दुरुत्साहन कसूरमा जाहेरी दर्ता गरेकी काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |