राजबिराज, १३ माघ । नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब एमडीआरटी विजेताबाट सम्मानित भएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका अभिकर्तामध्ये अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म उत्कृष्ट ‘एमडीआरटी’ विजेता बन्न सफल मोकेन्द्र यादबलाई नेपाल लाइफले काठमाडौँमा भव्य कार्यक्रमका बीच सम्मान गरेको हो ।
मोकेन्द्र यादवसहित देशभरबाट एमडीआरटी जित्न सफल २४३ जना अभिकर्ता सम्मानित भएका थिए । यस वर्ष एमडीआरटी हुन व्यक्तिगत कोडमा एकल बीमा शुल्क बाहेक ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने लक्ष्य तोकिएको थियो ।
त्यस मध्ये मधेश प्रदेशका उत्कृष्ट ‘एमडीआरटी’ विजेता मोकेन्द्र यादब व्यक्तिगत कोडमा एकल बीमा शुल्क बाहेक ६४ लाख ७१ हजार ४ सय ५२ रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका हुन । उनी प्रदेशमा बिमा क्षेत्रको प्रेरणाको स्रोत नै बनेका छन् । उनले भने “मेरो मिहेनत र लनगसिलताकै कारण यो सम्मान पाएको हुँ । सम्मानले अझै आफ्नो कामप्रति अपनत्व र जिम्मेवारी थपिएको महसुस गरेको छु” । मलाई माया र विश्वास गर्नुहुने सबैलाई धन्यवाद दिन्छु। जिवन बिमा गर्ने र गराउने दुवैको भविष्य उज्वल रहेको उनको भनाइ छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |