सप्तरी, १५ माघ । हनुमाननगर कंकालिनी नगरपालिका- ७ निवासी गुलाई सदाको मृत्यु भएपछि घरमा किरिया खर्च समेत नभएको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका–.१ निवासी राजबिराज टुडे दैनिक पत्रिकाका प्रकाशक तथा समाजसेवी शम्भु झाले आर्थिक सहयोग गरेको छ ।
राजबिराज टुडे दैनिक पत्रिकाका पत्रकार धर्मपाल राउत मृतक सदाको घरमा पुगेर किरिया खर्चको लागि मृतकका श्रीमती भौकि सदालाई १० हजार ५ रुपैयाँ हस्तान्तरण गरेको हो ।
परिवारमा आर्थिक समस्या रहेको जानकारी पाएपछि काजकिरिया खर्च गर्न प्रकाशक शम्भु झाले आर्थिक रकम सहयोग गरेको पत्रकार धर्मपाल राउतले जानकारी दिए । गुलाई सदाको केही दिन अघि चिसोले कठ्याँग्रिएर मृत्यु भएको थियो ।
सहयोग हस्तान्तरणमा पत्रकार राजेन्द्र कुमार मिश्र, वडा सदस्य राजेश प्रसाद दास, सचिव योगेन्द्र ढकाल, समाजसेवी सुर्य नारायण रजक, अगहनिया सदा, बाला सदा लगायतको सहभागी रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |