राजबिराज, १७ माघ । नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ शिविर तथा राहत बितरण कार्यक्रमको आयोजना गरिएको छ । सोमवार बरख गणको आयोजना तथा बलान बिहुल गाउँपालिकाको समन्वयमा वडा ६ राैतहटको दलित, विपन्न परिवार बस्तीमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
स्वास्थ्य शिविरमा जेनेरल ओपीडी सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिएको थियो। सो स्वास्थ्य परीक्षणबाट १ सय ९८ जनाभन्दा बढि सर्वसाधारण लाभान्वित भएको नेपाली सेना बरख गणका गणपति दुर्गा थापाले जानकारी दिएका छन् ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेपाली सेना २७ नम्वर बाहिनीका बाहिनीपति सहायक रथि भरत चन्द्र गुरूगंले नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको बताउनु भयो ।
उक्त अवसरमा २७ नम्वर बाहिनीका बाहिनीपति सहायक रथि भरत चन्द्र गुरूगंको उपस्थितिमा २७ नम्वर फि।ए। गुल्मका प्रा।डा। सहसेनानी सर्वेश कुमार शाह सहितको मेडिकल टिम तथा बरख गणका मेडिकल टोलीले शिबिरमा दलित, बिपन्न परिवारका सदस्यहरू उपचार गरेका थिए । यसैगरी बरख गणको पहलमा र जिल्ला बिपत व्यवस्थापन समितिको संयोजकत्वमा शंभुनाथ नगरपालिकाको दलित, बिपन्न, गरिब परिवारलाई फाईबर सिरक बितरण गरिएको छ ।
उक्त अवसरमा २७ नम्वर बाहिनीका बाहिनीपति सहायक रथि भरत चन्द्र गुरूगंको प्रमुख आतिथ्यमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, र बरख गणका गणपति दुर्गा थापाको उपस्थितिमा दलित परिवारलाई लाभान्वित हुने गरि ३५ जना घरपरिवारलाई फाईबर सिरक बितरण गरिएको छ।
राजबिराजमा सेनाको सहकार्यमा आगो घटनालाई नियन्त्रण गर्न डेमो प्रदर्शन सोमबार राजविराज स्थित राज रंगशालामा नेपाली सेनाको सहकार्यमा आगलागीका घटना नियन्त्रण र उद्धारका कसरी गर्ने सन्दर्भमा ‘डेमो’ प्रदर्शन गरिएको छ । हाम्रो गाउँघरमा अत्यधिक हुने आगलागीका घट्नालाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मी र सरोकारबालाहरूले ‘डेमो’ प्रदर्शन गरिएको हो । डेमोमा हावाहुरी आएकै समयमा होस नपुयाएर घुर बाल्दा आगो लाग्छ । आगोले समुदायभित्र अधिकांस घर जल्छ । यसले धेरै क्षति गराउँछ ।
तत्कालै प्रहरी, नेपाली सेनासहितका सुरक्षाकर्मी र स्थानीय बासिन्दा जुटछन् । आगलागी घट्ना नियन्त्रण गर्न र समस्यामा परेका अग्निपीडितको उपचारदेखि राहत बितरण गर्ने कार्यसम्मलाई यहाँ प्रदर्शन गरियो । यसले आगलागीका घट्ना नियन्त्रण गर्न सजिलो हुने सरोकारवाला बताउँछन् । जिल्ला विपद व्यवस्थापन समितिले आयोजना गरेको ‘डेमो’ प्रदर्शनीमा नेपाली सेनाको बरख गण भलुवाही, जिल्ला प्रहरी कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरी, जिल्ला रेडक्रस सोसाइटी समेतले सहकार्य गरेको थियो ।
जिल्ला विपद व्यवस्थापन समिति सप्तरीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा नेपाली सेना श्री नं।२७ बाहिनी सिराहाका सहायक रथी भरतचन्द्र गुरुङ्गको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख ईसरत प्रविण, नेपाली सेना बरख गण भलुवाही सप्तरीका प्रमुख सेनानी दुर्गा बहादुर थापा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अबि नारायण काफ्ले, राष्ट्रिय अनुसन्धान सप्तरीका उप अनुसन्धान निर्देशक टिका प्रसाद पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण का डीएसपी नवीन सिंह राई ,नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत लगायतको उपस्थिति रहेको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |