राजबिराज, १८ माघ । एभरेष्ट बैंक राजविराज शाखामा खाता खोलेपछि सेवाग्राहीलाई बिरामी उपचार खर्च उपलब्ध गराएको छ । मंगलबार राजबिराज शाखाले एक कार्यक्रम बिच शाखा प्रमुख बिक्कि कडेलले राजविराज नगरपालिका वडा न.५ का दुखि ठाकुर लोहारलाई बिरामी भएपछि बैंकबाट ४६ हजार ८ सय रुपैयाँ उपचार खर्च बितरण गरेका छन ।
चार वर्ष अगाडि एभरेष्ट स्पेसल खाता खोलेका लोहारले पछिल्लो पटक उनी बिरामी भएपछि उनलाई बैंकमै बोलाएर रकम हस्तान्तरण गरेको शाखा प्रमुख बिक्की कडेलले जानकारी दिए । एभरेष्ट बैंकले काठमाडौंमा २५ हजारमा तथा काठमाडौं बाहिर १० हजारमा एभरेष्ट स्पेसल खाता खोल्दै आइरहेको शाखा प्रमुख कडेलले जानकारी दिए । सन २०१८ मा लोहारले उक्त एभरेष्ट स्पेसल खाता १० हजारमा खोलेको तथा पछिल्लोपटक उनी बिरामी भएपछि उनलाई बैंकले उपचार खर्च बापतको रकम दिएका हुन ।
एभरेष्ट बैंकले जन्मदेखि ७५ वर्ष सम्मकाले यो खाता खोल्न सकिने व्यवस्था रहेको छ भन्ने हरेक बर्ष १ लाख सम्म उपचार खर्च उपलब्ध गराउने तथा दुर्घटना बिमा बापत ५ लाख सम्म प्रत्येक बर्ष पाउने व्यवस्था रहेको बैंकका रोशन श्रीबास्तवले बताए ।
यस्तै बैंकले क्रेडिट कार्डमा ५० प्रतिशत चार्ज फ्री ,एटिएम कार्ड बापत फ्री , एसएमएस , मोबाइल बैकिंग फ्री छ भन्ने ब्याजमा ६.७५% दिइने व्यवस्था रहेको बैंकले जनाएको छ । यसैगरी एभरेष्ट बैंक राजविराज शाखाले हालसम्ममा १ लाख ५० हजार भन्दा बढिको उपचार बिमा बापतको रकम वितरण गरेको बैंकका शाखा प्रमुख कडेलले जानकारी दिएका छन ।
प्रमुख कडेलका अनुसार उक्त उपचार खर्च बापत आफुले हालसम्ममा विभिन्न ग्राहकहरुलाइ ८० लाख भन्दा बढिको रकम वितरण गरिसकेको बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |