राजबिराज, २१ माघ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रवार भारत सरकारको सहयोगमा राजबिराज स्थित गजेन्द्र नारायण सिँह अस्पतालमा सप्तरीका तीन वटा निर्मित भवनको उद्घाटन गर्दै सो कुरा बताएको हो ।
राजदूत श्रीवास्तवले भारत सरकार र भारतका जनताले भारत र नेपालमैत्री सम्बन्धलाई थप प्रगाढ सुदृढ बनाउने उद्देश्य रहेको छ । उनले भने भारत र नेपालको रोटीबेटी, सांस्कृतिक सम्बन्ध सम्बन्ध सँगै भारत र नेपालको विकास र रहेकोले थप मजबुत बनाउन नेपालको विकासमा भारत सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
उनले भने सप्तरीको राजबिराज स्थित अधुरो छात्रावासको भवनको निर्माणका लागि योजना बनाएर दिएका चाडै निर्माणका कार्य अगाडि बठाउने प्रतिबद्धता जनाए । भारत सरकारको आर्थिक अनुदानमा गजेन्द्र नारायण सिँह अस्पतालमा आकस्मिक र प्रसुती गृह, नरेन्द्र मेमोरियल जनता माबि बोरियाको बिधालय भवन र डाकनेश्वरी नगरपालिका स्थित जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको निर्मित भवनको शुभारम्भ गर्नु भएको छ ।
जिसस सप्तरीका प्रमुख शिवनारायण साहको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादब, राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देव, शेखर कुमार सिँह, प्रदेश सभा सदस्य किरण कुमारी साह, निलम रजक सप्तरी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापारा, जबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविण, गजेन्द्र नारायण सिँह अस्पतालका नि मेसु दिलिप कुमार साह लगायतको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |