,राजबिराज, २९ माघ । जनता माबि ईटहरी बिष्णुपुर हाट्टीको नयाँ ब्यबस्थापन कार्यसमितिका अध्यक्ष प्रमोद कुमार यादबले पदभार तथा शपद ग्रहण सम्पन्न गरेको छ ।
शनिवार बिधालय प्रागणमा एक कार्यक्रम बिच नवनिर्वाचित बिधालय ब्यबस्थापन समितिका अध्यक्ष प्रमोद यादब सहित ९ सदस्यीय ब्यबस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपद तथा पदभार ग्रहण गरेको हो ।
सो अवसरमा मधेश प्रदेश सरकारका शिक्षा, बिज्ञान,प्रबिधि मन्त्री महेश यादबले बिधालयको शिक्षाको स्तर तथा गुणस्तरिय शिक्षामा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन । उनले भने सप्तरीको गुणस्तरिय शिक्षा कमजोर बन्दै गएकोले शिक्षक,अभिभावक गम्भीररूपमा लिनुपर्ने बताए ।
यसैगरी बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादबले बिधालयहरूको भौतिक पुर्वाधारमा सुधार तथा शिक्षाको स्तर बृद्विमा सबैले सहयोग गर्नुपर्ने बताए । शपद तथा सम्मान कार्यक्रममा पालिका उपाध्यक्ष रेणु यादब, बिष्णुपुर वडा ७ का अध्यक्ष लोचन साह, बिधालयका प्राधानाध्यापक कुशेश्वर मण्डल, शिक्षक, शिक्षिका, अभिभावक, तथा स्थानियवासीहरूको उपस्थिति रहेको थियो ।
माघ २० गते बिधालय ब्यबस्थापन समितिको सम्पन्न चुनाववाट अध्यक्षमा प्रमोद कुमार यादब निर्वाचित भएका थिए । यसैगरी सदस्यहरूमा बिरेन्द्र मण्डल, रेखा मण्डल, सुशिला देबी मण्डल निर्वाचित भएका छन ।
त्यस्तै समितिको मनोनित सदस्यमा पुर्व शिक्षक दुखीलाल मण्डल, कलाकुमारी साह,वडा प्रतिनिधि लोचन साह,शिक्षक प्रतिनिधि तथा सदस्य सचिव कुशेश्वर मण्डल, शिक्षक ईनरदेव यादब रहेको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |