काठमाण्डौ, १ फागुन । यातायात व्यवसायी तथा मजदुरहरूले भोलि मङ्गलवारदेखि काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि छ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध आज सोमवार सडकमा प्रदर्शन गरेका उनीहरूले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले निकालेको संयुक्त विज्ञप्तिमा नयाँ बसपार्कको ठेकेदार कम्पनी ल्होत्सेका कर्मचारीसहित ३० जनाले मजदुरमाथि हातपात गरकाले प्रदर्शन चक्काजाम गरेको उल्लेख छ । आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीभन्दा प्रहरीले उल्टै मजदुरमाथि बल प्रयोग गरेको उनीहरूको आरोप छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |