राजविराज, १ फागुन । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा २८ औं जनयुद्ध दिवसको अवसरमा राजबिराजमा दीप प्रज्वलन गरी मनाएको छ । सोमवार नेकपा माओवादीले २०५२ सालमा विभिन्न माग राखेर थालेको जनयुद्धको २८ औं बार्षिक उत्सवको अवसरमा गजेन्द्र चौकमा दीप प्रज्वलन गरेको हो ।
सो अवसरमा पूर्व सिचाई मन्त्री तथा माओवादी केन्द्र सप्तरीका जिल्ला अध्यक्ष उमेश कुमार यादवले राजनीतिक परिवर्तन मार्फत समतामूलक एवं समृद्ध नेपालको परिकल्पना गरेर विगतमा विभिन्न राजनीतिक सङ्घर्षहरूको पूर्णता, दश वर्षे ‘जनयुद्ध’ र दोस्रो जनआन्दोलन पछि प्राप्त भएको बताए ।
उनले भने, ‘दश वर्षे जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको मात्र होइन, २ सय ४० वर्षे एकात्मक शासन व्यवस्थालाई समेत अन्त्य गरेकोले हामीले जनयुद्ध दिवस मनाएको बताए ।
जनयुद्धको कारणले नै मधेशको विभिन्न मुद्दा स्थापित गर्न सफल भएको बताउँदै जनयुद्धमा बेपत्ता योद्धा तथा वीर शहीदहरू प्रति नेपाल राष्टले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको प्रति वर्तमान सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा पार्टीका नेता तथा विष्णुपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम यादवले जनयुद्ध दिवसको असरमा सरकारले आज सार्वजनिक बिदा दिएकोमा धेरैनै उल्लेखनीय काम गरेको बताए ।
राजबिराज वडा ८ का अध्यक्ष तथा युवा नेता जयनारायण मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नपा वडा नम्वर ७ का वडा अध्यक्ष सुभास यादव, मुसलिम मुक्ति मोर्चा नेपाल सप्तरीका अध्यक्ष मो। डोमन, मजदुर नेता केदार देव, युवा नेता संजय कुमार यादव, प्रेस सेन्टर सप्तरीका विन्दु कुमार यादव लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो । जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजानिक बिदा दिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |