राजबिराज, ५ फागुन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तेलियारी टोल बस्ने राजकुमार साहको श्रीमती ४० बर्सकी राजु देबि साहले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् ।
घरमा कोही नभएको अवस्थामा घर बाहिर रहेको शौचालय भित्र आफ्नो जिउमा आगो लगाई उनको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
उनले आफ्नै शरीरमा आगो लगाएको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |