राजबिराज, ५ फागुन । राजविराज नगरपालिका का कार्यवाहक नगर प्रमुख इसरत परविनले जारी गरेको सूचनाको स्थानीय व्यापारीले अवज्ञा गर्दै आएको छ ।
गत फागुन २ गते कार्यवाहक नगर प्रमुख ईसरत प्रविनले जारी गरेको सूचनाको म्याद सकिदाँ स्थानीय व्यापारीले सो सूचनाको अवज्ञा गरेका हुन ।
जारी सूचनामा राजविराज नगरपालिका- ७ हुलाकी सडक अन्तर्गत राम मन्दिरदेखि जिल्ला प्रशासन कार्यालय अगाडि हुँदै राजबीराज–रुपनी रोड चौक सम्म सडक तथा फुटपाथमा फलफूलको पसल राखी बाटो नै अतिक्रमण गरेको छ ।
यसैगरी सडक पेटीमै अतिक्रमण गरी तरकारी, ठेलागाडामा चटपटी, पान पसल, चिया पसल राखी सर समान किज बेच एवम् अव्यवस्थित रूपले सडक फुटपाथमा लेखापढी कार्य तथा अव्यवस्थित पार्किङ गरी आम जनसमुदायलाई आवत जावतमा अवरोध गर्दै स्थानीयवासीहरू विरोध गर्दै आएको छ ।
त्यस क्षेत्रमा रहेको विभिन्न कार्यालयहरूको काम काजमा समेतमा कठिनाइ भएकोले ४ गते भित्र हटाइ सडक तथा फुटपाथ पूर्ण रुपमा खुला राख्न गत फागुन २ गते सूचना जारी गरेका थिए । त्यसको अवज्ञा गर्दै उपरोक्त गतिविधि कायमै रहेको छ ।
राजबिराज नगरपालिकाले सूचना जारी गरेर हटियाको व्यवस्थापन नगरी आफ्नो दायित्वबाट पन्छिन खोजेको व्यापारीहरूको आरोप छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |