सप्तरी, ७ फागुन । सप्तरीको राजबिराज नगरपालिका भेल्ही पिपराहीमा खाना बनाउँदै गर्दा एक महिला जलेर घाइते भएकी छिन् ।
आइतबार बिहान करिब ११ बजेको समयमा राजबिराज नगरपालिका वाड नम्बर १३ भेल्ही पिपराही बस्ने जितेन्द्र यादबको श्रीमती २५ वर्षीया द्रोपती देवी यादव जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै घरमा माटोको चुलोमा खाना पकाउने क्रममा साडीमा आगो सल्की ढाड भन्दा मुनि पछाडिको भाग पोलेकाले उपचारका लागि तत्काल गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाइएको र घट्ना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको सप्तरी प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |