सप्तरी, ७ फागुन । सप्तरी जिल्लामा रहेर मानव अधिकारको अभिलेख, प्रसार र पीडितको न्यायका लागि काम गर्दै आएका मनोहर पोखरेल २०७९ सालको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट उत्कृष्ट प्रतिनिधिको रुपमा घोषित भएका छन् ।
पोखरेलले काम सुरुवात गरेकै वर्ष २०७० सालमा देशभरीकै सर्वोत्कृष्ठ प्रतिनिधिको पुरस्कारबाट पुरस्कृत भएको थियो भने २०७४ सालमा पूर्वाञ्चल र २०७५ सालमा मधेस प्रदेशबाट उत्कृष्ट प्रतिनिधिका रुपमा पुरस्कृत भएका पोखरेलले यस वर्ष पनि उत्कृष्ट प्रतिनिधि घोषित भएको इन्सेकले जनाएको छ ।
काठमाडौंमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को ३१औं अंकको आइतबार विमोचन संगै पुरस्कृत पोखरेलाई प्रशंसापत्र सहित नगद सात हजार प्रदान गरेको इन्सेकले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |