सिरहा, १० फागुन । सिरहामा प्रहरीको सुरक्षामा मनी ट्रान्सफरका लागि लग्दै गरेको ९ लाख रुपैयाँ लुटिएको छ । सिरहाको मिर्चैया (कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट प्रहरी र मनी ट्रान्सफरका कर्मचारी लग्दै गरेको लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका हुन् ।
ज. ६ प. ४२५६ नम्बरको मोटरसाइकलमा प्रहरीको सुरक्षामा राजाराम सव मनी ट्रान्सफर कल्याणपुरका कर्मचारी मिर्चैयाबाट ९ लाख रुपैयाँ लग्ने क्रममा दुई वटा मोटरसाइकलमा आएका बन्दुकधारी समूहले पेस्तोल देखाएर लुटेर फरार भएका सिरहाका प्रहरी प्रवक्ता डीएसपी नरेशराज पाण्डेले बताएका छन् ।
लुटेरा समूह धनुषातिर भागेको भन्दै प्रहरीले उक्त समूहको खोजीकार्य तीव्र पारिएको बताएको छ । करिब दुई महिना अघि यसै ठाउँबाट अर्का मनी ट्रान्सफर सञ्चालकको ११ लाख रकम लुटिएको स्थानीयले बताएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |