काठमाडौँ, १२ फागुन । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सरकारले आकस्मिक बिदा दिएको दिन पनि खुला राखने भनेका छन् । एकीकृत निर्देशन जारी गर्दै सरकारले दिने आकस्मिक बिदाका दिन बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्ने व्यवस्था मिलाउन भनेको हो ।
राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउासो १ः३० बजेसम्म कार्यालय खुला राखी सेवा गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |