काठमाडौँ, १२ फागुन । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दे सन्दीप लामिछानेको रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कुनै आदेश गर्न आवश्यक नभएको जनाएको छ । यसमाथि थप सुनुवाइपछि मात्रै अनुमति दिने कि नदिने ठहर गरेको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘उच्च अदालतको आदेश उपर यस अदालतको संयुक्त इजलासमा सुनुवाइ प्रक्रिया विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदन उपरको सुनुवाइ कार्य बाँकी राखेर अहिले प्रतिवादी सन्दीप लामिछानेको निवेदन माग अनुसार यस एकल इजलासबाट कुनै आदेश जारी गर्नु मनासिव देखिएन ।’
अर्को साता यूएईमा हुने शृङ्खलाका लागि विदेश जान पाउनुपर्ने माग गरी सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले यसलाई अग्राधिकार दिएको छ । यसमाथि आइतबार सुनुवाइ तोकिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |