राजविारज । सप्तरीबाट स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित एक जना भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सुपौल ग्राम पंचायत कुनौली कमलपुर भारत बिहार घर बताउने हेमेश कुमार साहको श्रीमती अन्दाजी वर्ष ३१ की अस्मिता कुमारी छन् ।
नेपाल प्रहरी, शस्त्र प्रहरी र भन्सार कार्यालयको कर्मचारी सहित संयुक्त चेकिङ टोलीले तिलाठी कोइलाडी गाउँपालिका १ स्थित भन्सार कार्यालय अगाडि शुक्रबार चेक जाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको उक्त रकमसहित साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ६ लाख ८३ हजार तिन सय रुपैयाँ नेपाली र ५० हजार भारतीय (८० हजार नेपाली) गरी कुल ७ लाख ६३ हजार तीन सय बरामद भएको र बरामद रकमसहित साहलाई कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय इटहरी पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |