पोखरा, १४ फागुन । बाल यौन दुर्व्यवहारमा दोषी ठहर भएका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । नवलपुर जिल्ला अदालतले शाहलाई २ वर्ष ६ महिना कैद सजाय गरेको थियो ।
जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । शाह एक वर्षयता कारागारमा छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |