राजविराज, १८ फागुन । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले हिजो बुधवार दिउँसै कार्यालय समयमै रक्सीमै झ्याप भएको अवस्थामा कार्यालय प्रवेश गर्दै सबै कर्मचारीलाई गालीगलौज गरेका कारण कर्मचारीहरूले सूचना नै निकालेर विहीबार कामकाज ठप्प पारेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद पराजुली द्धारा जारी सूचनामा भनिएको छ, “अध्यक्ष चौधरीले मादक पदार्थ सेवन गरी कार्यालयमा प्रवेश गरेको र सबै कर्मचारीहरूलाई गालीगलौज, अपशब्द र थर्काउने जस्ता अनुचित कार्य गरेको कारण गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरूबाट प्रवाह हुने आकस्मिक स्वास्थ्य सेवा बाहेकका सबै कामकाज अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगन गरिएको छ ।”
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |