काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीका अनुसार मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको छ ।
दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको हो । किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखेर दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |